जीवन थापा । डोटी । नेकपा निकट अखिल (क्रान्तिकारी ) डोटीले कोरोना भाइरसले निम्त्याएको रगत अभावको समस्यालाई पूर्ति गर्नका लागि जिल्लाको राजपुरमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रमको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज प्रसान्तले रक्तदान गरेर गर्नु भएको थियो ।
पार्टीका जिल्ला कमिटी सदस्य विद्रोही, कृष्ण बोहरा, सुशील, अखिल (क्रान्तिकारी )का जिल्ला संयोजक प्रकाश कठायत, जनपत्रकार सङ्गठन नेपालका जिल्ला संयोजक जीवन, अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका जिल्ला संयोजक चन्द्र बोहरा, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका जिल्ला संयोजक शिव नेपाली, दलित मुक्ति मोर्चा नेपालका नेता सेते सार्कीलगायत एक दर्जन नेता–कार्यकर्ता, युवा तथा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
रक्तदानले जिल्ला अस्पतालमा देखिएको रगत अभावलाई पूर्ति गरेको भन्दै रेड्क्रस र जिल्ला अस्पताल डोटीले सङ्गठनलाई र रक्तदाताहरूलाई धन्यवाद प्रकट गरेको थियो ।
सम्बन्धित खवर
रुपन्देहीमा मंगलबारदेखि सार्वजनिक यातायात चल्न पाउने
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्