Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग - Janabato

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

कपिलवस्तुमा सम्पूर्ण जनतालाई निशुल्क उपचार तथा भ्याक्सिनको व्यवस्था गर्न माग गर्दै प्रदर्शन

यथाशिघ्र निःशुल्क कोरोना खोपको व्यवस्था गर्न क्रान्तिकारीको माग

कपिलवस्तु । अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्लाको विभिन्न ठाउँमा पूर्वघोषित कार्यक्रमअनुसार कोरोना भाइरसबाट बच्न सम्पूर्ण जनतालाई निशुल्क उपचार तथा भ्याक्सिनको व्यवस्था गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

सङ्गठनले निरन्तर आम विद्यार्थी, जनताको पक्षमा आवाज उठाउँदै आएको र निरन्तर खबरदारी गर्दै जाने अभियान अन्तरर्गत सोमबार दबाबामूलक कार्यक्रम आयोजना गरी सम्पूर्ण जनताको स्वास्थप्रति राज्यलाई जिम्मेवार बन्न सङ्गठनले आह्वान गरेको छ । 

कार्यक्रममा सङ्गठनका जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले राज्य जनता बचाउनुको सट्टा चरम शोषणमा लागेको र राजस्व असुलीतिर केन्द्रीत रहेको आरोप लगाए । उनले सरकारले सम्पूर्ण जनतालाई निःशुल्क खोपको ग्यारेन्टी गर्न माग गर्दै अबको निकास संसदीय अभ्यासबाट सम्भव नरहेकाले विकल्पमा समाजवादी राज्यसत्ता स्थापना गर्नुपर्ने बताए । वैज्ञानिक समाजवादी राज्यसत्ताबाट मात्र देश र जनताको मुक्ति सम्भव रहेकाले त्यसका लागि नेता चुन्ने चुनाव होइन, व्यवस्था चुन्ने चुनावमा जानूपर्ने र जनतालाई आफ्नो अधिकार प्रयोग गर्न दिनुपर्ने गरी जनमत संग्रहमा जानूपर्ने बताए । सङ्गठनले आगामी  श्रावणसम्मको कार्यक्रम घोषणा गरेको क्षेत्रीले बताए । 

कार्यक्रममा जिल्ला सदस्य  सागर, सपना, बिष्णु लगायत नगर सदस्यहरूको उपस्थिती रहेको थियो । क्रान्तिकारीले प्लेट कार्डसहित प्रर्दशन गरेका थिए ।