पाल्पा । नेपाल कम्युनिस्ट पार्टी पाल्पाले जनअभियानलाई तिब्र बनाएको छ । जनअभियान अन्तर्गत सरकारसँग भएको सहमति, पार्टीको अगामी रणनीतिका बारेमा जनभेटघाट मार्फत आम जनसमुदायहरुलाई प्रष्ट पार्दै जिल्लाको पूर्वी पाल्पातिर व्यस्त रहेको छ ।
जनभेटघाट कार्यक्रममा प्रत्यक्ष जनताकोबीचमा रहेर कोभिड संक्रमित अवस्था र यसले पारेका प्रभाव, समस्या र समाधानका बारेमा वस्तु स्थितिको रिपोर्ट लिइएको जिल्ला सचिव प्रभातले बताए । साथै निकै समस्यामा परेका घरपरिवार, विपन्न परिवार, बिरामीहरुलाई पार्टीको तर्फबाट सक्दो सहयोग गरिरहेको समेत प्रभातले बताए ।
नेकपाले पाल्पाको पूर्वी भेग रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका लगायतका ठाउँहरुमा जनभेटघाट गरेको छ । उक्त जनअभियान तथा जनभेटघाट कार्यक्रममा जिल्ला सचिव प्रभातको नेतृत्वमा करिब आधा दर्जन जिल्लाका नेताहरुको उपस्थिति रहेको बताइएको छ ।
सम्बन्धित खवर
बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु
नेकपा सदस्य भिमकुमारी रानाको शोक सभा सम्पन्न
सुरक्षाको ग्यारेन्टी गर : अखिल (क्रान्तिकारी)
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्