भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्षको राजीनामा माग

भ्रष्टाचार गरेका वडाध्यक्ष भुजेलविरुद्ध सशक्त सङ्घर्ष गर्ने नेकपाको चेतावनी

चितवन । नेकपा भरतपुर कमिटि वडा नम्बर २५, चितवनले पुल निर्माणमा कमसल र गुणस्तरीय सामाग्री प्रयोग गरी सडक निर्माण पूरा नहुँदै लाखौँ बजेट हिनामिना गरेर भ्रष्टाचार गरेका वडाध्यक्ष विजयकुमार भुजेललाई राजीनामा दिन माग गरेको छ ।

नेकपा इन्चार्ज राजकुमार तिमिल्सिना र सेक्रेटरी खेम शर्मा न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी कोरोना महामारीको गम्भरि परिस्थितिमा वडाध्यक्ष्को समेत सङ्लग्नतामा आर्थिक चलखेल भएको भनी चितवनका प्रतिष्ठित मिडियाहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

विज्ञप्तिमा तिमिल्सिना र न्यौपानेले नागरिक समूहको तर्फबाट अनुगमन तथा छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक नगरे पार्टी भ्रष्टाचारविरुद्ध जनतासँगै रहि शसक्त सङ्घर्ष गर्ने चेतावनी समेत दिएका छन् ।