जनगणतान्त्रिक सम्पर्क मञ्चको संयुक्त रुपमा बैठक सम्पन्न

बुटवल । नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको विभिन्न जिल्लाको बैठक सम्पन्न भएको छ । सिन्धुली–काठमाडौं सम्पर्कको सुनिल लामाको अध्यक्षतामा बैठक सम्पन्न भएको छ भने खोटाङ–काठमाडौ सम्पर्क मञ्चको अनिल राईको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

त्यसैगरी सुनसरी–काठमाडौ सम्पर्क मञ्चकको बैठक लालबहादुर थापा मगरको अध्यक्षतामा बैठक सम्पन्न भएको छ । उक्त तिनवटै जिल्लाको बैठक जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष कमानसिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बताइएको छ । ति बैठकका अतिथिमा जनगणतान्त्रीक सम्पर्क मञ्चका महासचिव पूर्ण श्रेष्ठ सचीवहरु सुशील बलम्पाकी, खेम प्रधान कोषाध्यक्ष निश्चल थापा रहेका थिए ।

बैठकमा केन्द्रीय अध्यक्ष कमानसिंहले जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि सङ्गठनलाई इमानदारीता, कर्मनिष्ठापूर्ण साथ अगाडि बढाउने साथै सम्पर्क मञ्चसँग जोडिन पुगेका ७४ जिल्लासँग जोडि सङ्गठन विस्तार गर्ने बताएका थिए । तिनवटै जिल्ला अध्यक्षले आ–आफ्नो जिल्लासँग जोडि जिल्लाबाट काठमाडौँ आइबसेका जिल्ला बासिहरुको हरेक समस्याहरु समाधान गर्दै जाने र सङ्गठनलाई विस्तार गर्ने बताएका थिए । बैठक जनगणतान्त्रिक सम्पर्क मञ्चको केन्द्रीय कार्यलय अनामनगर स्थित देविनगरमा बसेको थियो ।