चितवन । नेपाल कम्युनिस्ट पार्टी चितवनले शनिबार भरतपुर महानगरपालिका–२६ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको छ । ‘श्रम र उत्पादनमा आधारित पार्टी निर्माणको दिशामा अघि बढौँ ’ भन्ने उद्देश्यका साथ नेकपा चितवनले चितवन जिल्ला इन्चार्ज सन्देश, सेक्रेटरी मिनप्रसाद सापकोटा, विशेष कमिटी सदस्य महेश चौधरीको उपस्थितिमा खेत रोपाई कार्यक्रम सम्पन्न गरेको बताइएको छ ।
खेत रोपाइँ कार्यक्रममा नेकपाका स्थानिय नेताकार्यकर्तासहित विभिन्न जनवर्गीय सङ्गठनहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला इन्चार्ज सन्देशले जानकारी दिए । उनले भरतपुर महानगरपालिकापछि पुर्वी चितवन र माडीमा समेत खेत रोपाइँ कार्यक्रम राखिएको बताएका छन् ।
यस अघि नेकपाले केही दिन अगाडि भरतपुर महानगरपालिका–८ मा खेत रोपाइँ कार्यक्रम सम्पन्न गरेको थियो ।
Tags :
सम्बन्धित खवर
ट्रेड युनियन महासंघ लमही नगरको प्रथम भेला सम्पन्न
५ वर्ष अगाडि
बागलुङ घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्