मुक्ति गैरे । बुटवल । लायन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा आइतबार रामपिथेकस पार्क बुटवल–३, सिद्दद्धबाबामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम क्लबका अध्यक्ष भरत गैरेको अध्यक्षता र डिस्ट्रीक चिफ एड्भाइजर लायन उमङ्ग देवकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै एरिया चिफ जीवनगौतम, जोन चेयर पर्सन मिनाराज भारि, पार्क व्यावस्थापन समितिको का.बा अध्यक्ष लक्ष्मण पोखेरेल, क्लबका चार्टर्ड प्रेसिडेन्ट तथा इमिडेट पास्ट प्रेसिडेन्ट चिरञ्जीवीअधिकारी र सिद्धबाबा धामका बरिस्ठ पुजारी यमलाल उपाध्यले आ–आफ्नो धारण राखेका थिए ।
कार्यक्रमका प्रमुख अतिथिले कपुर र असोकाका रुखहरु रोपेर उद्घाटन गरेका थिए । वातावरण र पर्यावरणमा केन्द्रीत कार्यक्रममा अतिथिहरुले वातावरण सुधारको लागि कसरी योगदान दिन सकिन्छ भन्ने विचार व्यक्त गरेका थिए । पार्क व्यवस्थापन समितीका का.बा अध्यक्ष लक्ष्मण पोखरेलले पार्क समितिका भावी योजनाको बारेमा जानकारी दिएका थिए । साथै ब्लबका संस्थापक अध्यक्षले पार्क व्यवस्थापन समिति र ब्लबको (understanding) मा (children park) को अवधाराणामा प्रतिबद्धता जाहेर गरेका थिए ।
क्लबका द्धितिय उपाध्यक्ष अरुण खनालले स्वागत मन्तव्य राखेका थिए ।
खुल्ला आकासमुनि, सिमसिमे वर्षासंगै सम्पन्न उक्त कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष तथा वृक्षारोपण कार्यक्रमका संयोजक इश्वर गिरी ‘अंकित’ले संचालन गरेका थिए भने क्ल्बका सदस्यहरूको उल्लेख्यनीय रुपमा उपस्थिति रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्