क्रान्तिकारीद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

बुटवल । नेकपा निकट अखिल (क्रान्तिकारी) ले पशुपति बहुमुखी क्याम्पसमा भएको आर्थिक अनियमितता र उक्त घोटालामा निलम्बन परेका प्रध्यापक तथा कर्मचारीहरूलाई बिना कारबाही पुनर्वहाली गरेकाले उक्त घृणित कार्यको विरुद्ध विरोध प्रदर्शन गरेको छ । 

सो विद्यार्थी संगठनले नेपालकै पुरानो सामुदायिक क्याम्पस पशुपति बहुमुखी क्याम्पसमा नेतृत्वको संलग्नता वा लापरबाहीमा करोडौं भ्रष्टाचार भएको सार्वजनिक भएको, भ्रष्टाचारको छानविनको सट्टा संचालक समितिले निलम्बित दोषीहरूलाई च्याख्याउने र हिनामिना भएको रकम गुपचुपमा मिलाउने काम भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  

पहिलो चरणमा भ्रष्टाचार विरूद्ध ब्यानर टाँससहित क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको जनाइएको छ ।