नेकपा बागमती गाउँपालिकाको दोस्रो पूर्ण बैठक

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी बागमती गाउँ समिति मकवानपुरको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

मङ्गलबार सम्पन्न भएको बैठकले पूर्व बागमती गाउँपालिका इन्चार्ज बिक्रमलाई बिदाई गर्नुका साथै नयाँ कार्यसमिति सदस्यहरु थप गरेको छ । त्यस्तै बागमती–१ देखि ९ सम्म वडा सेक्रेटरी र सह– सेक्रेटरीको जिम्मेवारी सहित कार्यविभाजन गरिएको छ भने सबै वडाहरूमा ४ महिने संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय पनि उक्त बैठकले गरेको बताइएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्य, जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यका साथै हेटौंडा उपमहानगरपालिका सेक्रेटरी सुर्य अर्याल, थाहा नगरपालिका सेक्रेटरी विक्रम सारु मगर लगायतको आतिथ्यमा सम्पन्न भएको बैठकको अध्यक्षता नेकपा बागमतीका सेक्रेटरी भक्त माझीले गरेका थिए ।