मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालय हेटौंडामा २३ बुँदे मागपत्र बुझाएको छ ।
देशको पछिल्लो राजनीतिक उथलपुथलका साथै विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीको कारण जनमानसमा नैराश्यता उत्पन्न भईरहेको छ । समाजमा दिनप्रतिदिन अपराधिक घटनाहरु घटिरहेका छन् । विकृति विसंगति उस्तै मौलाइरहेको छ । जनताका आधारभूत आवश्यकताहरु जनताको पहुँचभन्दा बाहिर पुगेको छ । शैक्षिक क्षेत्रमा व्यापारीकरण बढिरहेको छ । स्वास्थ्य क्षेत्रमा त्यस्तै लुटतन्त्र मच्चिएको छ । यातायात व्यवसायीहरुले पनि यात्रुहरुलाई ठग्नु ठगेका छन् । यस्तो परिस्थितिमा पनि सम्बन्धित निकाय र सरोकारवाला मौन भईरहेकाले उक्त विषयबस्तु र समसामयिक समस्याहरूको तत्काल समाधानका लागि केन्द्रीय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) मकवानपुरले पनि जिल्ला प्रशासन कार्यालयमा २३ बुँदे मागपत्र बुझाएको प्राप्त समाचारमा जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच फागुन २१ मा भएको ३ बुँदे सहमतिको इमान्दारीताका साथ कार्यान्वयन गरियोस् भन्ने विषय पनि समेटिएको उक्त मागपत्र अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलानद्वारा बुझाइएको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्