रमाकान्त बास्तोला । पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल तनहुँ र अखिल (क्रान्तिकारी) तनहुँले संयुक्त रुपमा बढ्दो महँगी र कालोबजारी, पेट्रोलियम पदार्थको मूल्यवृद्धि, बढ्दो यातायात भाडादरको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
राज्य संयन्त्रले जनतामा चरम रुपमा मूल्यवृद्धि गरेको भन्दै शुक्रबार तनहुँको दमौलीमा सरकारले गरेको महँगीका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनमा सम्पूर्ण नागरिकलाई कोभिड खोप समेत दिलाउन आग्रह गरिएको थियो ।
बढ्दो महँगी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायतमा गरिएको मूल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, वैज्ञानिक समाजवाद लागु गर, सम्पूर्ण नागरिकलाई कोभिड खोप निःशुल्क व्यवस्था गर लगायत नाराहरु सहित दमौलीको मुख्य चोकमा पुगेर कोणसभा सहित विरोध प्रदर्शन गरेको जनबाटोमा प्राप्त समाचारमा बताइएको छ ।
उत्त कोण सभालाई युवा संघका तनहुँ जिल्ला अध्यक्ष नेत्र थापा र अखिल (क्रान्तिकारी) तनहुँ जिल्ला अध्यक्ष पदम विश्वकर्माले सम्बोधन गरेका थिए ।
सम्बन्धित खवर
नेकपाका मुस्ताङ इन्चार्ज फिल्टर रिहा
गुल्मीमा ४ सडकखण्ड अवरुद्ध, विभिन्न ठाउँमा बाढीपहिरो
अमरज्योति बचत तथा ऋण सहकारीको साधारण सभा
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्