नेकपा गुल्मीको अभियान उत्साहजनक- टोलटोलमा सङ्गठन विस्तार 

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले सुरु गरेको जनसेवा तथा जनसङ्गठन विस्तार अभियान उत्साहजनक ढंगले अगाढी बढेको छ । टोलटोलमा युवा सङ्गठनको विस्तार तथा भित्ते लेखनलाई पार्टीले तिव्रताका साथ अगाडि बढाएको छ ।

यसै बिच जिल्लाको धुर्कोट गाउँपालिका चार जैशीथोकमा पार्टीको जनवर्गीय सङ्गठन युवा सङ्गठन नेपालको पाँच सदस्यीय सङ्गठन विस्तार गरिएको बताइएको छ । 

युवा सङ्गठनलाई अभियानको नेतृत्व गरेकी पार्टीकी जिल्ला इन्चार्ज अपेक्षाले प्रशिक्षण दिएकी थिइन् । उनले समाजमा हुने हरेक विभेद, विसंगती तथा अन्यायको अन्त्यको लागि युवा नै अग्रसर हुनुपर्ने बताएकी थिइन् । 

नेकपा गुल्मीले जिल्लामा जनसेवा तथा जनसङ्गठन अभियान सुरु गरे सँगै अभियानमा युवाहरुको सक्रियता बढेको बताइएको छ । जिल्लाका विभिन्न स्थानमा युवा सङ्गठनको गठन गरिएको र उक्त अभियान भदौ सम्म चल्ने नेकपा गुल्मीले बताएको छ ।

जन सेवा तथा जनसङ्गठन अभियानका सदस्य सुकुमारले भने, ‘हाम्रो यो अभियानमा धेरै युवा साथीहरु जोडिनु भएको छ भने नागरीकले पनि साथ दिनु भएको छ । उनले थपे ‘अहिलेका राजनीतिक दलका नेताले देखाएको लाचारीपन र देशको राजनीतिक अवस्थाप्रति धेरै युवा साथीहरुले गुनासो पोख्दै वैकल्पिक व्यवस्था खोज्नुपर्ने बताउदै हाम्रो अभियानमा जोडिनु भएको छ ।’