हेटौंडा वडा नं. १६ को बैठक सम्पन्न

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी हेटौंडा उपमहानगरपालिका वडा नं. १६ को  दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । वडा सेक्रेटरी एवं जिल्ला सदस्य अनिशा मोक्तानको अध्यक्षतामा बसेको बैठकले २५  जनाको कार्यसमिति सदस्य रहने गरी निर्णय गरेको छ ।

वडा सदस्यहरूलाई वडाभित्रको टोलहरुको  सेक्रेटरी तोकिएको छ ।  बैठकले जबस मोर्चाहरुको पनि संयोजक तोकेको छ । नेपाल कम्युनिस्ट पार्टी  जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य नयनको  प्रमुख आतिथ्यमा, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सेक्रेटरी वाटरको विशेष आतिथ्यमा, नगर सेक्रेटरी सुर्य अर्यालको आतिथ्यमा, नगर सह–सेक्रेटरी विवेक घलानको आतिथ्यमा बैठक सम्पन्न भएको बताइएको छ ।