मंसिर १३, बुटवल । नेकपा (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय बैठकमा लिखित प्रस्ताव पेस गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको कुनै बैधानिक र राजनीतिक हैसियत नभएको भन्दै त्यसलाई कुण्ठा र कृत्रिम आरोप संगालोको संज्ञा दिएका छन् ।
ओलीले पेस गरेको लिखित जवाफमा दाहालले वितरण गरेको ’प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको उल्लेख गरिएको छ ।
’त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले । खासै महत्व नदिँदा पनि हुने थियो । तर त्यसमा उठाइएका सङ्गीन र भ्रमोत्पादक प्रश्नहरुलाई अनुत्तरित राखी छाड्नु पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताकै अहितमा हुने भएकाले केन्द्रीय सचिवालय बैठकमा यस सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गरेको छु,’ ओलीको जवाफमा भनिएको छ ।
हेर्नुस् प्रस्तावको पूर्णपाठ :
सम्बन्धित खवर
कालिकोटमा नेकपाको समानान्तर सत्ता
युवा संगठन नेपाल म्याग्दीको प्रथम भेला
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्