Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
आधुनिकता नाममा आएका औधषी रोक्नुपर्छ : नगर उपप्रमुख विक - Janabato

आधुनिकता नाममा आएका औधषी रोक्नुपर्छ : नगर उपप्रमुख विक

गाउँघर शहरी क्लिनिक नसर्ने रोग व्यबस्थापन शुभारम्म

आधुनिकता नाममा आएका औधषी रोक्नुपर्छ : नगर उपप्रमुख विक

अनिल नेपाली\अर्घाखाँची १६,मसिर \सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले जीवनलाई सरल सहज जीवनउप्रयोगी बनाउनुपर्ने बताउनुभएको छ । सन्धिखर्क नगरपालिका डिर्भना आयुर्बेद औषधालयद्धारा आयोजना गरिएको गाँउघर शहरी क्लिनिक नसर्ने रोग व्यबस्थापन शुभारम्म कार्यक्रमको आज सन्धिखर्क नगरपालिका वडा न ७ खाँचीमा उद्घाटन गदै उपप्रमुख विकले यस्तो बताउनुभएको हो । 

शुभारम्म कार्यक्रममा मन्तब्य राख्दै विकले जीवनलाई पराम्परागत रुपमा चलिआएका प्राकृतिक चिकित्सक आयुर्बेद पद्धतिको माध्यमबाट पनि उपचार गर्न सकिने बताउदै अहिले बजारमा आधुनिकतामा नाममा आएका विभिन्न किसिमका औषधीलाई चिकित्सको सल्लाह अनुसार रोक्नुको विकल्प नरहेको बताएका थिए । कार्यक्रममा मन्तब्य राख्दै प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटाले जीवनलाई सरल सहज बनाउनको लागि प्राकृतिक चिकित्सक आयुर्बेद पदतिले महत्वपुर्ण भुमिका खेल्ने हुदा यस्तो पदतिलाई दिगो र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका स्वास्थ्य संयोजक पुर्ण प्रसाद पराजुली आयुर्बेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्य स्थानीय राजनितिक दलका नेता लगायतले कार्यक्रममा मन्तब्य राख्दै प्राकृतिक चिकित्सक पदद्धिलाई पनि निरन्तरता दिनुपर्ने बताएका थिए । 

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न ७ का बा अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता कविराज तिलकजङ्ग जनैदरको सञ्चालन टेकनाथ बैघको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्ली थापा खाँचीकोट स्वास्थ्य चौकीका इन्चार्ज प्रेमचन्द्र विक पत्रकार महासंघका सहसचिब अनिल नेपाली नरपानी प्रहरी चौकीका हल्वदार एकराज चौधरी महिला स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।