Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
भारतमा किसानद्धारा आन्दोलन फिर्ता लिन अस्वीकार - Janabato

भारतमा किसानद्धारा आन्दोलन फिर्ता लिन अस्वीकार

किसानका प्रतिनिधि र केन्द्र सरकारबीच पहिलो चरणको वार्ता

भारतमा किसानद्धारा आन्दोलन फिर्ता लिन अस्वीकार

मंसिर १७ । भारतमा लामो समयदेखि आन्दोलनरन किसानका प्रतिनिधि र केन्द्र सरकारबीच पहिलो चरणको वार्ता भएको छ। नयाँ दिल्लीमा भएको वार्तामा ३० भन्दा बढी किसान समूहका प्रतिनिधि तथा केन्द्रीय कृषिमन्त्री नरेन्द्र सिंह तोमर, रेलमन्त्री पियूस गोएल लगायतको सहभागिता थियो। 

करीब ३ घण्टा लामो बैठकपछि कृषिमन्त्री तोमरले पहिलो चरणको वार्ता सकारात्मक भएको जानकारी दिंदै बिहीबार थप छलफल हुने बताए। भारत सरकारले धेरै जनासँग वार्ता गर्न समस्या हुने भन्दै सानो वार्ता टोली बनाउन आग्रह गरेपनि किसान प्रतिनिधिले साझा समस्या भएकाले सबैसँग वार्ता गरी साझा निर्णय लिन आग्रह गरेका थिए। 

भारत सरकारले आन्दोलन स्थगित गर्न आग्रह गरेपनि किसानहरुले माग सम्बोधन नभएसम्म जारी राख्ने अडान लिएका छन्।  बैठकपछि अल इण्डिया किसान फेडेरेशनका अध्यक्ष प्रेम सिंह भङ्गूले सरकारका प्रतिनिधिले तीन वटै कानूनमा कमजोरी रहेको स्वीकार्दै सच्याउने वा नयाँ कानून ल्याउने आश्वासन दिएको बताए। 

भङ्गूका अनुसार, बिहीबार बस्ने बैठकमा हारै पारित भएका तीन वटै कानूनका दफामा छलफल हुनेछ। किसानहरुले वार्ता निष्कर्षमा नपुगेसम्म आन्दोलन जारी राख्ने बताएका छन्। दिल्ली केन्द्रित आन्दोलनमा रहेका हजारौं किसानले हिजो पनि नोएडासँगको सीमा क्षेत्रमा प्रदर्शन गरे।