Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश - Janabato

सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश

शारिरीक अशक्तताहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक

सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश

अनिल नेपाली/ सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा २९औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवश मनाईएको छ । सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा सिर्जनशील अपाङ्गता सरोकार केन्द्रको सहआयोजनामा सन्धिखर्कमा औपचारीक कार्यक्रमका बिच अपाङ्गता दिवश मनाईएको हो ।

सोही अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विक किशोरले अपाङ्गता भएका व्यक्तिहरूमा रहेको अन्तरनिहित क्षमता, दक्षता, सीप, योग्यताको नगरले उल्लेखीय रुपमा समाज रुपान्तरणमा केन्द्रित गराउने बताउनुभएको छ । नगर उपप्रमुख विकले नेपालको सविधानले अपाङ्ग भएका व्यक्तिका लागि आर्थिक सामजिक साँस्कृतिक रुपमा प्रतिनिधित्ब गरेको बताउदै नगरले पनि अपाङ्गता भएका व्यक्तिको लागि निरन्तर रुपमा लागि साझा अबधारणा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा सिर्जनशील अपाङ्ग सरोकार केन्द्रका अध्यक्ष फर्सुराम पाण्डेले अपाङ्गता भएका व्यक्तीहरुको अधिकार तथा सवाल मागि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. १ का अध्यक्ष युबराज बन्जाडे, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष छमा कार्की, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, उद्योग बाणिज्य संघका अध्यक्ष युबराज श्रेष्ठ, घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख केशब सुनार, सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख युगनारायण बस्याल, निर्मल नबज्योती विधालयका प्रधानाध्यापक कमला भुसाल लगायतले मन्तब्य राख्दै अपाङ्गलाई राज्यले हेर्ने दृष्टिकोणमा परिर्बतन ल्याउनुपर्ने बताएका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष फसुराम पाण्डेका अध्यक्षता पत्रकार बसन्त श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।