मंसिर १९, पाल्पा । नेकपाका कार्यकर्ता बिष्णु बेल्वासेलाई प्रहरीले गिरफ्तार गरेको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत हापुर गाउँबाट विहीबार दिउँसो ४ बजेतिर प्रहरीले गिरफ्तार गरेको नेकपा स्रोतले बताएको छ ।
पार्टी संगठनको कामको सिलसिलामा सामान्य अवस्थामा रहेको बेला बेल्वासेलाई प्रहरीले पक्राउ गरेको नेकपाले बताएको छ ।
पार्टी अभियानको क्रममा पाल्पामा रहेका बेल्वासेलाई पक्राउपछि दोभान इलाका प्रहरी कार्यालयमा राखिएपनि शुक्रबार जिल्ला प्रहरी कार्यालय तानसेन लगिएको र नेकपा कार्यकर्ताको आरोपमा प्रहरीले मुद्दा लगाउने तयारी गरेको स्रोतले बताएको छ ।
नेकपामाथि सरकारले प्रतिबन्ध लगाएको छ र देशभर सयौं नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । मंसिर ८ गते कपिलवस्तुका विभिन्न स्थानहरुमा प्रहरीले स्थानीय जनताको घरमा घानतलासी, धरपकड र गिरफ्तार गरेको समाचार आएको थियो ।
सम्बन्धित खवर
‘नागरिकता अध्यादेश खारेज गर’ : महासचिव विप्लव
कपिलवस्तुमा नेकपाद्धारा विरोध प्रदर्शन
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्