मंसिर २३, बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आफ्ना २ जना कार्यकर्ता विवेक, विकल्पलाई अविलम्ब रिहाइको माग गर्दै संघर्षको घाेषणा गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका जिल्ला सेक्रेटरी मञ्जितले एक विज्ञप्ति जारी गर्दै विवेक र विकल्पलाई विनाकारण अपहरणशैलीमा गिरफ्तार गरि हिरासत राखिएको भन्दै विनासर्त अविलम्ब रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घाेषणा गरेको जानकारी गराएका छन् ।
संघर्षका कार्यक्रममा २२ देखि २५ गतेसम्म गैरन्यायिक गिरफ्तारीकाे विरुद्धमा प्रचारप्रसार तथा भण्डाफाेर गर्ने, २६ गते राके जुलुस गर्ने, २७ गते अनिश्चितकालका लागि सरकारी गाडीमा राेक लगाउने, ३० गते सानीभेरी गाउँपालिका वडा नम्बर ३ बन्द गर्ने, पुस १ गते सानीभेरी गाउँपालिका बन्द गर्ने, पुस २ गतेबाट जिल्लाभरीका सबै वडा कार्यालयको कामकाजमा राेक लगाउने घाेषणा गरिएको छ ।
सम्बन्धित खवर
बास्तोलाको रिहाइका लागी विभिन्न देशहरुबाट अपिल
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्