Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
वुल्भ्ससँग चेल्सी पराजित - Janabato
वुल्भ्ससँग चेल्सी पराजित

पुस १, बुटवल । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्ससँग पराजित भएको छ। मंगलबार राति भएको खेलमा चेल्सी वुल्भ्ससँग २–१ गोलअन्तरले पराजित भएको हो।

घरेलु टिम वुल्भ्सको जितमा ड्यानियल पोडेन्स र पेड्रो नेटोले गोल गरे। चेल्सीका लागि ओलिभर जिराउडले एक गोल फर्काए। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफमा दुई गोल खाँदा एक गोल फर्काउन सफल भयो। चेल्सीका ओलिभर जिराउडले ४९ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर वुल्भ्सले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो।

खेलको ६६ औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वुल्भ्सलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको अतिरिक्त समयमा पेड्रोले गोल गरेपछि चेल्सीविरुद्ध वुल्भ्सले २–१ गोलको जित निकालेको हो। त्यस्तै, प्रिमियर लिग मै भएको अर्को खेलमा म्यानचेस्टर सिटी बेष्ट ब्रुमसँग १–१ गोलको बराबरीमा रोकिएको छ।

जितसँगै वुल्भ्सले १३ खेलबाट २० अंक बनाउँदै लिगको १० औं स्थानमा उक्लिएको छ। पराजित चेल्सीले भने लिगको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। पाँचौं स्थानमा रहेको चेल्सीको १३ खेलबाट २२ अंक छ। बराबरी खेल्दै अंक बाँडेको म्यानचेस्टर सिटीको १२ खेलबाट २० अंक छ। लिगको शीर्ष स्थानमा भने टोटेनहम छ। टोटेनहमको १२ खेलबाट २५ अंक हुँदा दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन लिभरपुलको पनि १२ खेलबाट २५ अंक नै छ।