पुष ६, सन्धिखर्क । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि विरोध प्रदर्शन भएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै नेकपा, राष्ट्रिय जनमोर्चा, कांग्रेसका विद्यार्थी संगठन, युवा संगठन, कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
आईतबार साझ सन्धिखर्कमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै युवा सगठनका केन्द्रिय सदस्य ठाकुर सौगातले जनताले कसैलाई पनि राजा र महाराजा बनाउनको लागि नभई व्यबस्था परिबर्तनको लागि मत दिइएको बताउदै व्यबस्था परिबर्तनको लागि हजारौ जना सहिद बेपत्ता भएको ती सहितको सपनालाई कुल्चेर व्यबस्था उल्टाउन खोज्नेको जनताले प्रतिकार गर्ने बताउदै ससद विगठन नेपाल नेपाली जनताको पक्षमा नभएको बताएका थिए कार्यक्रममा तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का समाजबादी विद्यार्थी युनियनका रमेश खनाल अखिल छैठौका जिल्ला अध्यक्ष पुर्ण बहादुर नेपाली लगायतका नेताले कार्यक्रममा मन्तब्य राख्दै ससद विगठन नेपाल नेपाली जनताको पक्षमा नभएको बताएका थिए ।
जिल्लाका विभिन्न भागमा नेकपा र कांग्रेसका कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नारा लगाउँदै नाराबाजी गरेका छन् । विरोध प्रदर्शनको क्रममा उनीहरूले जनताले लडेर ल्याएको लोकतन्त्र र संविधानमाथी प्रधानमन्त्री ओलीले प्रहार गरेको बताएका छन् । संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए आन्दोलन सुरु हुने चेतावनी दिएका छन्
प्रतिक्रिया राख्नुहोस्