पुष १७, बुटवल । नेकपा (नेकपा) विभाजनपछि नेता कार्यकर्ताहरुको कित्ताकाँट पनि देशैभर सुरु भएको छ । लुम्बिनी प्रदेशमा प्रचण्ड–नेपाल समूहका वा पूर्व माओवादी केन्द्रको तर्फबाट निर्वाचित रुपन्देहीका नेता दधिराम न्यौपाने (माधव शर्मा) र गुल्मीका दिनेश पन्थी वली समूहमा लागेका छन् ।
उनीहरु दुवैसँगै रूपन्देहीका विश्वराज बराल (अनुप) लगायत अरु केही नेता कार्यकर्ताहरु पनि वली समूहमा लागेका छन् । वली समूहमा लागेको बारे शर्माले भने,“म पहिले प्रचण्ड नेपाल समुहको केन्द्रिय कमिटी बैठक र जिल्लामा भएका अगुवा कार्यकर्ता भेलामा समेत सहभागी भएको हो तर पछि यो बिषयमा पुनर्बिचार गरेर प्रधानमन्त्री तथा पार्टि अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिनु पर्छ भन्ने निर्णय गरेँ”
कुल ८७ जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा बहुमत सदस्य (६१ जना) नेकपाका रहेका छन् । ति मध्ये ४१ जना पुर्व एमाले र २० जना पुर्व माओवादी केन्द्रका सांसद रहेका छन् । त्यस्तै, कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र जनमोर्चाका एकजना छन् ।
प्रदेशसभामा तत्कालीन एमालेले ४१ सिट जितेकोमध्ये ओली पक्षका ३१ र नेपाल पक्षका १० सांसद रहेपनि प्रदेशसभाका कुनैपनि सदस्य मुख्यमन्त्रीलाई फालेर नयाँ सरकार गठनको प्रक्रियामा नलाग्ने अवस्था रहेको मुख्यमन्त्री निकट एक प्रदेशसभा सदस्यले बताए ।
प्रतिक्रिया राख्नुहोस्