पुष २३, बुटवल । नेकपा (नेकपा) को प्रचण्ड-नेपाल समूहले बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रधानमन्त्रीले गरेको संसद विघटन सिफारिसलाई प्रतिगमनको संज्ञा दिएका प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरुले बुटवलको ट्राफिक चोकमा मसाल जुलुस प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
मसाल जुलुसमा सहभागी कार्यकर्ताहरुले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै प्रधानमन्त्री ओलीका विरुद्ध चर्को नारा लगाएका थिए । नेकपा(नेकपा)को प्रचण्ड नेपाल पक्षले संसद विघटनको विपक्षमा दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै संसद पुनःस्थापना नहुँदा सम्म आन्दोलन नरोक्ने बताएको छ ।
रुपन्देहीमा नेकपा(नेकपा)का सांसद दधिराम न्यौपाने, अनुप बराललगायत नेताहरु वली पक्षमा लागेका थिए ।
Tags :
सम्बन्धित खवर
एसईई : आन्तरिक मूल्यांकनबारे
४ वर्ष अगाडि
बाढी-पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्