अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा विरोध प्रदर्शन

पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध

अखिल(क्रान्तिकारी) रुपन्देहीद्धारा विरोध प्रदर्शन


पुष २४, बुटवल । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ गर्न पटकपटक पेशी सार्दै आएको छ । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने समस्या उत्पन्न भैरहेको छ । 

पाठ्यक्रममा अन्यौलता देखिएपछि पछिल्लो पटक देशैभरिका विद्यार्थीहरु सडक आन्दोलन गरिरहेका छन । शुक्रबार, अखिल (क्रान्तिकारी) रुपन्देहीले कक्षा ११ को पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । सडक प्रदर्शनमा विद्यार्थीहरुद्वारा व्यवहारिक शिक्षा प्रदान गर, शैक्षिक माफिया होसियार, वैज्ञानिक शिक्षा प्रणाली शिक्षा लागू गर लगायतका नारा गुन्जिरहेको थियो । 

अखिल ( क्रान्तिकारी ) रुपन्देहीका जिल्ला सहसचिव पारस राहादी मगरले  "नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ सर्वोच्चले अदालतले पौष २७ गतेलाई सार्यो । शैक्षिक दलालहरुको स्वार्थको चेपमा विद्यार्थीहरुको भविष्यलाई राक्नु निन्दनीय विषय हो । अदालत स्वयं ती दलालहरुको प्रभावमा छ भन्ने कुरा अदालतले पटकपटक पेशी सार्नुले प्रष्ट पार्छ । विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन", भन्दै आफुहरु सडक विरोध प्रदर्शनमा उत्रिन बाध्य भएको र प्रदर्शनको क्रममा केही प्रहरीहरुले हस्तक्षेप गर्न लागेको समेत जानकारी दिनुभयो । कालिका माध्यमिक विद्यालय अगाडिबाट सुरु भैइ चौडाहामा गएर अन्त्य भएको विरोध प्रदर्शनमा कक्षा ११ को एक हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

गत २० गते सर्वोच्च अदालतले कक्षा ११ र ११ को पाठ्यक्रमसम्बन्धी रिटको सुनुवाइ पौष २७ गते सम्मलाई लम्ब्याएको थियो ।