पुष २९, सन्धिखर्क । अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीमा बुधबार भएको बस दुर्घटनामा १२ जना घाइते भएका छन् । शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्बरको बस शितगंगा १४ छन्त्याल रुखमा दुर्घटना भएको हो ।
ब्रेक फेल भएर भएको दुर्घटनामा चालक सहित १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ । घाइते ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो ।
Tags :
सम्बन्धित खवर
नेकपा अछामद्वारा जनश्रमदान
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्