गुल्मीको रिडीमा ठूलो लुम्पेक टिम भलिबलमा प्रथम

प्रथम वडाध्यक्ष कप -२०७७

गुल्मीको रिडीमा ठूलो लुम्पेक टिम भलिबलमा प्रथम

प्रदिप राहादी मगर । पौष ०५, बुटवल ।  गुल्मी जिल्लाको रुरु गाउँपालिका वडा न: १, रिडिमा खुल्ला वार्ड स्तरीय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता, कार्यक्रम सम्पन्न भएको छ । 

"स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने मुलनारा सहित रुरु फ्रेण्डस क्लब रिडि, गुल्मीद्वारा आयोजित प्रथम वडाध्यक्ष कप -२०७७, खुल्ला वार्ड स्तरीय भलिबल प्रतियोगिताको पुरुष तर्फको विजेता ठूलो लुम्पेक खेलकुद, समिती र उपविजेता रामपुर, पाल्पा हुन सफल भएको छ ।

माघ १ देखी ४ गते सम्म भएको उक्त भलिबल प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल म्याचमा ठूलो लुम्पेक खेलकुद, समितिले रामपुर, पाल्पालाई पराजित गर्दै उपाधी चुमेको हो । 
उक्त भलिबल प्रतियोगिताको लुम्पेकी टिमबाट बेस्ट स्पाइकर दिपेन्द्र सिंजाली मगर र बेस्ट डिफेण्डरको पुरस्कार हिमाल तरामु मगरलाई प्रदान गरिएको थियो । 

ठूलो लुम्पेक खेलकुद, समितीका सक्रिय उत्कृष्ट खेलाडी सुशील कुवरले "यो जितले समग्र ठूलो लुम्पेकलाई गुल्मेली भलिबलको पावर हाउसको रुपमा स्थापित गरेको बताउनुभयो ।" ठूलो लुम्पेक - भलिबल क्षेत्रको इतिहासमा आफैमा एउटा स्थापित नाम हो । ठूलो लुम्पेकले थुप्रै क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु स्थापित गरिसकेको छ ।