नवलपुरमा बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन

बन्दीलाई रिहा गर्न समेत माग

नवलपुरमा बास्तोलाको रिहाइको माग गर्दै प्रदर्शन

माघ ५, नवलपुर ।  ओली सरकारले प्रतिबन्ध लगाएको चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), नवलपुरले अभियानलाई तिव्रता दिएको छ। जिल्लाको कावासोती नगरपालिकाको विद्यालयमा संगठन निर्माण गर्नुका साथै पार्टी सचिवालय सदस्य धर्मेन्द्र वास्तोला लगायत सम्पूर्ण राजनितीक बन्दीलाई रिहा गर्न समेत माग गरेको छ।

उक्त संगठनले गिरफ्तार नेता कार्यकर्ता रिहा गर, फासीबादी दमन र प्रतिबन्ध खारेज गर, एमसीसी खारेज गर लगायतका नारा लगाएको बुझिएको छ। विरोध कार्यक्रमलाई विद्यार्थी नेता कार्यकर्ताले वैज्ञानिक शिक्षा वर्तमान पुँजिवादी व्यवस्थामा सम्भव नभएकोले व्यवस्था वदल्नुको विकल्प नरहेको बताएका थिए।

विरोध कार्यक्रममा विद्यार्थीको उत्साहपुर्ण सहभागिता रहेको थियो।उक्त पार्टीले पनि नेता कार्यकर्ता गिरफ्तारी विरुद्ध देशैभर प्रदर्शन गरिरहेको छ।