माघ ७, नवलपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र वास्तोला सहित सम्पुर्ण राजबन्दी रिहाइको लागि नवलपुर जिल्लामा समेत उक्त पार्टीले प्रदर्शन गरेको छ।
विरोध कार्यक्रममा जिल्ला सेक्रेटरी शितलले दलाल संसदीय व्यवस्था विरुद्ध सम्पुर्ण जनता एकजुट हुनुपर्ने र राजवन्दी रिहाइको निमित्त माघ दस गतेको नेपाल बन्द सफल पार्न सम्पुर्ण जनसमुदायलाई आह्वान समेत गर्नुभएको बुझिएको छ।
जिल्लाको एक भु-भागमा नेता कार्यकर्ता सहित स्थानीय जनसमुदायको उपस्थितिमा व्यानर सहित विरोध प्रदर्शन गरिएको उक्त पार्टीले जनाएको छ।
सम्पुर्ण राजबन्दी रिहा गर, फासिस्ट दमन र धरकपड बन्द गर, झुटा मुद्दा खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद लगायत नारा लगाउँदै उक्त विरोध कार्यक्रम सम्पन्न भएको थियो ।
Tags :
सम्बन्धित खवर
प्रचण्ड-नेपाल समूहले देशभर विजय जुलुस गर्दै
५ वर्ष अगाडि
चार पार्टीको संयुक्त वक्तव्यपछि कसले के भने ?
५ वर्ष अगाडि
प्रधानमन्त्री ओली र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्