काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बिहीबार) देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ ।
बुधबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य गरेको उल्लेख गर्दै पार्टी सभापति देउवाले विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।
सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्तासँगै लोकतन्त्रवादीहरूलाई पनि बिहीबारको विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन् । कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।

सम्बन्धित खवर
कैलालीमा आयोजक कमिटी गठन : युवा संगठन नेपाल
गुल्मीमा वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्