Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
चन्द्रागिरी हिल्स लि.को आइपीओ शुक्रबार बाँडफाँड हुने - Janabato

चन्द्रागिरी हिल्स लि.को आइपीओ शुक्रबार बाँडफाँड हुने

२ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन

चन्द्रागिरी हिल्स लि.को आइपीओ शुक्रबार बाँडफाँड हुने

माघ ९, बुटवल । काठमाडौंस्थित चन्द्रागिरि हिल्सको आईपीओ आज (शुक्रबार) बाँडफाँट गरिँदै छ। आईपीओ बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आज आईपीओ बाँडफाँट हुने भएको हो।

कम्पनीले सर्वसाधारणका लागि चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १५ लाख ३४ हजार ९१ कित्ता साधारण सेयर निष्कासन गरेको थियो। तीमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लगानीकर्तालाई छुट्याएर १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

यसअनुसार १ लाख ३९ हजार ६ सय २ जनाका लागि यो आईपीओ बाँडफाँट हुनेछ।

यो सेयरका लागि १२ लाख १५ हजार १ सय १५ जनाले २ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयरका लागि आवेदन दिएका छन्। कूल सेयर संख्या र आवेदकका आधारमा ११.४९ प्रतिशतले मात्रै यो सेयर प्राप्त गर्ने भएकाले हरेक ९ आवदेकमध्ये १ जनाले मात्रै सेयर प्राप्त गर्न सक्छन्।