माघ १०, बुटवल । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य, लेखक तथा साहित्यकार अनिल शर्मा विरहीलाई प्रहरीले पुनः १३ पटक पक्राउ गरेको छ। जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा तिहा गर्न आदेश दिए पनि प्रहरीले रिहा भए लगत्तै अदालतको गेटबाट पुन पक्राउ गरेको हो।
चितवनको भरतपुर मेडिकल कलेजमा उपचारकै क्रममा रहेको बेला पहिलो पटक गिरफ्तारीमा परेका विद्रोही नेता विरहीलाई अदालतले पटक पटक रिहा गर्न आदेश दिए पनि र रिहा गरे पनि पक्राउ गरेको थियो। चितवनबाट पहिलो पटक पक्राउ परेका विरहीलाई प्रहरीले हाल सम्म १२ ओटा जिल्ला पुर्याउँदै झुटा मुद्धा लगाउँदै हिरासतमा राख्दै आएको छ।
यसै विच राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य तथा वरिष्ठ मानवअधिकारकर्मि सुदिप पाठक नेतृत्वको टोली नेता विरहीलाई भेटन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको हिरासत कक्षमा पुगेको छ। उक्त टोलीले मंसिर २३ गते देखि काभ्रे प्रहरीको हिरासतमा रहेका विरहीसंग भेटघाट गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ।
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्