रूसी राष्ट्रपति पुटिनले दिए युद्वको चेतावनी

परमाणु हतियारसम्बन्धी सम्झौता सही कदम भएको जिकिर

रूसी राष्ट्रपति पुटिनले दिए युद्वको चेतावनी

माघ १५ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्षेत्रीय टकराव तीव्र बनिरहेका कारण अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै प्रभावित भइरहेको उल्लेख गर्दै जसबाट वैश्विक विकासको पतन र सबै देश एकअर्कासँग लड्न तयार रहनुपर्ने खतरा रहेको चेतावनी दिएका छन्।

विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ) को सप्ताहव्यापी डिजिटल ‘डाभोस एजेन्टा समिट’ मा बुधबार विशेष सम्बोधन गर्दै पुटिनले युद्धको चेतावनी दिएका हुन्। 

बढ्दाे सामाजिक विभाजन र साझा चुनाैतीका सन्दर्भमा उनले वर्तमान चुनाैती र १९३० काे दसककाे सुरुवाती वर्षकाे बीचकाे समानताका विषयमा पनि चेतावनीयुक्त अभिव्यक्ति दिए। उनले भने, ‘यसले वामपन्थी र दक्षिणपन्थी दुवै प्रकारको जनवादलाई प्रोत्साहन गरिरहेकाे छ र चरमपन्थी गतिविधि बढिरहेको छ।’

यस्तै परमाणु हतियारसम्बन्धी सम्झौता सही कदम भएको जिकिर गर्दै पुटिनले भने, ‘तर टकराव बढिरहेको छ र स्थिति अप्रत्याशित रूपमा अनियन्त्रित हुन सक्छ, यदि हामी हातमा हात राखेर बसिरह्यौं र केही गरेनौं भने।’

एजेन्सी