अर्घाखाँचीमा प्रचण्ड–नेपाल समूहको बन्दको प्रभाव

लामो दुरीका गााडीहरु बन्द

अर्घाखाँचीमा प्रचण्ड–नेपाल समूहको बन्दको प्रभाव

अनिल नेपाली । माघ २२, सन्धिखर्क । आज आमहड्ताल आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको बन्दको प्रभाव अर्घाखाँचीमा पनि परेको छ ।
प्रचण्ड नेपाल समूहले हिजो बुधबार पत्रकार सम्मेलन गर्दै आमहड्ताल गर्ने घोषणा गरेका थिए । आमहड्ताल गर्ने घोषणागरेसँगै अर्घाखाँचीमा पनि प्रभाव परेको हो ।

उक्त समुहले सविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै हड्तालको घोषणा गरेको हो । नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ । विहानैदेखि सञ्चालन हुने सन्धिखर्क बजारका पसलहरु बन्द भएका छन ।

सदरमुकाम तथा बुटबल, काठमाडौं छुटने लामो दुरीका गााडीहरु पनि छुटेका छैनन् । ग्रामिण भेगबाट बुटबल, सन्धिखर्क जाने गाडीहरु पनि सञ्चालन भएका छैनन् ।
सधै भिडभाड हुने सन्धिखर्कको मुख्यचोक शान्ति बगैचा पनि आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु आवश्यक अनुसार मात्र सञ्चालनमा आएका छन् ।