सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ६ महिना थप

आयोगको म्याद आउँदो आइतबारबाट सकिँदै

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको म्याद ६ महिना थप

माघ २३, बुटवल । सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको म्याद थप गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ शुक्रबार जारी गरेकी छन् । अध्यादेशमार्फत म्याद थप गरिएको हो ।

अध्यादेशमार्फत बढीमा ६ महिना समयावधि थप गर्न मिल्ने राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए । दुवै आयोगको म्याद आउँदो आइतबारबाट सकिँदै थियो ।