नेकपाको दुई नेता २० दिनपछि रिहा

जिल्ला अदालत अर्घाखाँचीबाट बाट रिहा

नेकपाको दुई नेता २० दिनपछि रिहा

अनिल नेपाली । माघ २८, अर्घाखाँची । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई  नेता जिल्ला अदालत अर्घाखाँचीबाट बाट रिहा भएका छन् ।

नेकपाले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा माघ ९ गते अर्घाखाँचीबाट एकजना सहिद परिवार सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो ।

सहिद परिवारलाई भेटघाट गर्न जानेक्रममा माघ ९ गते साँझ ६ बजे भूमिकास्थान नगरपालिकाको वडा नं। १० धनचौरबाट सहिद परिवारका सदस्य विरबहादुर विक र उनीसँगै साथी गएका धनबहादुर मुखियालाई प्रहरीले अनावश्यक र विनाकारण पक्राउ गरेको थियो ।  विक जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल कपिलवस्तुका संयोजक हुन् भने मुखिया समाजसेवी हुन् ।

ब्युरो संयोजक पौडेलले जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल लुम्बिनी ब्युरो संयोजक जया पौडेलले विक र मुखियालाई प्रहरीले तत्काल रिहाइ गर्न माग गर्दै सहिद परिवार र सर्वसाधरणलाई पक्राउ गर्नु दुखद र निन्दनीय भएको बताएकी थिइन । उनले महान जनयुद्ध र जनआन्दोलनमा सहिदहरुको उच्च योगदान रहेको भन्दै आज दलाल राज्यसत्ताले सहिद परिवार र श्रमजीवी जनतामाथि दमन गरिरहेको समेत बताइकी थिइन ।

विक र मुखियालाई जिल्ला प्रहरी कार्यालय सन्धिखर्क अर्घाखाँचीमा सार्वजनिक मुद्धा लगाई हिरासतमा राखिएको थियो । पक्राउ गरिएको २० दिनपछि उनीहरूलाई सर्वोच्चमा बन्दी प्रत्यक्षेकीकरण रिट दायर भएपछि आज अदालतले छोड्न आदेश दिएको हो ।