फागुन ४, बुटवल । " नवप्रतिभाहरुको निकास, सभ्य समाज परिवर्तन र विकास " भन्ने मुल नाराका साथ नव प्रतिभा प्रतिष्ठान केन्द्र सत्यवती - ३ ठूलो लुम्पेक, सिङ्दीले आफ्नो २७ औं संस्करण तथा ९ औं बार्षिक उत्सव यहि फागुन ३ देखि ७ गतेसम्म महिला - पुरुष भलिबल र ब्याटमिन्टन प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गर्न गईरहेको छ ।
प्रमुख अतिथिले उदघाटन मन्तब्य दिदै, " खेलकुद स्वास्थ्यको लागि,राष्ट्रको लागि खेलकुद र अनुशासन ,गतिशील ,विकास " भन्ने मुलनारालाई आत्मसाथ गर्दै खेलाडीहरु अघि बढ्नुपर्ने बताउनुभयो । साथै सरकारबाट उपेक्षित खेलकुदको उर्वरभुमि लुम्पेक र लुम्पेकी खेलाडीहरु सिमित गाउँमा मात्र नभएर राष्ट्रको लागि खेल्न सक्ने क्षमतावान रहेको बताउनुभएको थियो ।
महिला तर्फको खेलमा १२ टिम सहभागी खेलमा पहिलो दिनको प्रतिस्पर्धामा टुनिपोखरी Vs हिमालय B, हिमालय A Vs संगम ,थ्री स्टार B Vs नव प्रतिभा निलो, नव प्रतिभा रातो Vs टुनिपोखरी भएको थियो, जसमा टुनिपोखरी A, हिमालय A, थ्री स्टार B, नवप्रतिभा रातो विजय भएका छन । मंगलबार बाकि महिलाहरुको खेलहरु सञ्चालन भईरहेका छन ।
कार्यक्रमको उदघाटन कार्यक्रम संस्थाका अध्यक्ष टेकन सिंजालीको अध्यक्षता सत्यवती गाउँपालिका ३ नं वडा सदस्य श्री सिद्ध आ.वि.का. वि.व्यवस्थापन समितिका अध्यक्ष ,समाजसेवी अर्जुन तरामु मगरको प्रमुख आतिथ्यमा, खुमा सिङ्जालीको स्वागत , ध्रव तरामुको संचालनवाट शुरु भएको कार्यक्रम उपस्थित खेलाडीहरुको मार्चपास पछि प्रमुख अतिथिबाट खेलको उदघाटन गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्