फागुन ७, बुटवल । संयुक्त रणनीतिक मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल शिक्षक संगठनका पूर्व नेता तथा लेखक, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व भेसराज भुसाल चार दलीय रणनीतिक मोर्चाको विशाल जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा बुटवलबाट पक्राउ परेको समाचार एक स्रोतले जनाएको छ ।
भुसाल चार दलीय संयुक्त रणनीतिक मोर्चाद्धारा आयोजित विशाल जनसभा बुटवलमा उपस्थित भएका थिए । प्रतिबन्धको कालो बादललाई चिर्दै उक्त विशाल जनसभालाई सम्बोधन गरेर फर्कने क्रममा मिलनचोक, बुटवलबाट पक्राउ परेको जनाइएको छ । जनसभामा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्न ठूलो मात्रामा नेपाल प्रहरी परिचालन गरिएको थियो ।
भुसालले जनसभालाई सम्बोधन गर्दै दलाल संसदीय राज्यसत्ता असफल भएको भन्दै सात दशक लामो राजनीतिक इतिहासको समीक्षा गर्नुपर्ने बताएका थिए । नेता भुसालले त्यसका लागी राजनीतिक समीक्षा सभा, देशभक्त, क्रान्तिकारी, वामपन्थी एवं सच्चा लोकतन्त्रवादीहरुको संयुक्त सरकार आवश्यक भएको र दलाल राज्यसत्ताले देशभक्त र क्रान्तिकारीहरुमाथि प्रतिबन्ध लगाउनु गलत भएको समेत बताएका थिए ।
अहिले भुसाललाई जिल्ला प्रहरी कार्यालय भैरहवामा राखिएको छ ।
राज्यसत्ताले नेकपामाथि प्रतिबन्ध लगाउँदै नेकपाका नेता तथा कार्यकताहरूलाई जेल र हिरासतमा राख्दै आएको छ । नेकपाका शीर्ष नेता धर्मेद्र बास्तोला, माइला लामा, ओम प्रकाश पुन, विरगन्ज लगायतका नेताहरू जेलमा छन ।
प्रतिक्रिया राख्नुहोस्