Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
दाङमा युवा संगठन नेपालको गाउँ कमिटी सम्मेलन - Janabato

दाङमा युवा संगठन नेपालको गाउँ कमिटी सम्मेलन

जीवनको नेतृत्वमा १५ सदस्यीय गाउँ कमिटी चयन

दाङमा युवा संगठन नेपालको गाउँ कमिटी सम्मेलन

हेमन्त प्रकाश वली, दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला अन्तर्गत शान्ति नगरमा प्रथम गाउँ कमिटी सम्मेलन सम्पन्न भएको छ ।

प्रथम गाउँ कमिटी सम्मेलनलाई सम्बोधन गर्दै नेकपा दाङ जिल्ला इन्चार्ज प्रेमले अहिलेको मुख्य समस्या दलाल पुजीवादी संसदीय व्यवस्था भएको र त्यसका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशमा युवाहरु संगठित हुन आह्वान गर्नुभएको छ । उहाँले अन्याय, अत्याचार, बेथिती, विसंगती, घुसखोरी, भ्रष्टाचारी, दलालीकरण, माफियाका विरुद्ध संघर्ष गरिरहेकाले नै केपि बादल कम्पनीको सरकारले आफ्नो पार्टीमाथी दमन गरिरहेको जिकिर गर्नुभयो । प्रेमले अहिलेको संकट समाधानको बाटो वैज्ञानिक समाजवाद भएको र त्यसका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा आम युवाहरु संगठित भएर दलाल पुजिवादका विरुद्ध निर्णायक र निर्मम संघर्ष गरि वैज्ञानिक समाजवाद स्थापनार्थ इतिहासले थपिदिएको गहन जिम्मेवारी पूरा गर्न विशेष अपिल समेत गर्नुभयो । 

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले अहिले नेपाल देशनै लिलाम गर्ने सोचमा दलाल पुजिवाद पुगेको भन्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्न एकीकृत जनक्रान्तिको महान अभियानमा गोलबन्द हुन आह्वान गर्नुभयाे ।

सम्मेलनले जीवनको नेतृत्वमा १५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ ।

निर्मलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राजेन्द्रले गर्नुभएको थियो । नेकपा दाङ जिल्ला इन्चार्ज प्रेमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेष जिल्ला सेक्रेटरी निर्मल, युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन आयोजक समिति संयोजक मनोज, नेकपा पूर्वी घोराही इन्चार्ज जनक, नेकपा शान्ति नगर गाउँपालिका इन्चार्ज विजयको सहभागिता थियो भने कार्यक्रमको अध्यक्षता जीवनले गर्नुभएको थियो ।