Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
अनेमसंघ क्रान्तिकारीे गुल्मीको दोस्रो भेला सम्पन्न - Janabato

अनेमसंघ क्रान्तिकारीे गुल्मीको दोस्रो भेला सम्पन्न

अस्मिताको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी

अनेमसंघ क्रान्तिकारीे गुल्मीको दोस्रो भेला सम्पन्न

फागुन ११, गुल्मी । अखिल नेपाल महिला संघ क्रान्तिकारी गुल्मीको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले अस्मिताको अध्यक्षतामा १५ सदस्यीय गुल्मी जिल्ला कमिटी निर्वाचित गरेको छ । 

भेलालाई सम्बोधन गर्दै नेकपा जिल्ला सेक्रेटरी माहुरीले महिला मुक्तिका लागी संसदीय व्यवस्था विरुद्ध संघर्ष गर्नुपर्ने बताउँदै वैज्ञानिक समाजवादमा मात्र महिला अधिकार प्राप्त हुने बताए । उनले महिलाहरु चुलोचौकोमा मात्र सीमित हुन नहुने भन्दै क्रान्तिमा भाग लिनुपर्ने बताए । 

संगठनकी केन्द्रीय सदस्य एवं लुम्बिनी ब्युरो संयोजक ममताले महिला मुक्ति दलाल राज्यसत्ता र दलाल राजनीतिक दलबाट सम्भव नभएको भन्दै एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताइन् । 
भेलामा अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले विभिन्न न्यायपूर्ण आन्दोलनमा महिलाहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको संघर्षमा पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउदै निर्वाचित नयाँ टिमलाई बधाई ज्ञापन गरेका थिए । 

भेलामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का लुम्बिनी व्युरो संयोजक विनोद, दलित मुक्ति मोर्चा नेपालका गुल्मी अध्यक्ष बसन्तको उपस्थिति रहेको थियो ।