समय अनुरूप
रूपान्तरित हुन्छन् सपनाहरू
विभाजित हुन्छन् आकारमा
र तय गरिन्छ – यात्राहरू
यात्रामा
बदलिन सक्छ सपनाको उचाई
आतङ्क मच्चाएर
प्रश्नहरूको कठ्घरामा उभ्याए पनि
नजरबन्दमा राखेर
अर्नगल दुश्प्रचार गरिदिए पनि
यात्रा टुङ्गिएको हुँदैन
सपना मरेको हुँदैन
उत्तरार्धमा,
यी सम्पुर्ण यात्राहरू
स्वंय उनीहरूको विर्सजनको
निम्ति हो
कति उत्साहित छ
क्रान्तिको सपना र यात्रा !
यदि सपनाहरू –
भौतिक शरीरसंगै मरेर जाने भए
कवि चुनु, इच्छुकका सपनाहरू
कसरी रूपान्तरित हुन्थे
क्रान्तिको क्षितिज यात्रामा ?
त्यसैले,
निष्ठाको सगरमाथामा
टेकेर झिर रोपिरहे पनि
क्रान्तिको – यात्रामा
अनेकौं षड्यन्त्र रचिरहे पनि
यात्रा टुङ्गिएको हुँदैन
सपना मरेको हुँदैन ।
०००
लालदिशा पत्रिकाबाट
Tags :
सम्बन्धित खवर
आरोह नेपालीको मर्मस्पर्शी गजल !
५ वर्ष अगाडि
पारस राहादी मगरको दुई कविता
५ वर्ष अगाडि
किन हटेनन् अझै विभेदहरू ?
४ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्