नेकपाकी नेतृ उमा भुजेलको घरमा पक्राउ पुर्जी

प्रहरीले घर–घरमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन : नेकपा

नेकपाकी नेतृ उमा भुजेलको घरमा पक्राउ पुर्जी

चैत ३, बुटवल । फागुन २१ गते सरकार र नेकपाबीच भएको ३ बुँदेँ सहमति अनुसार नेकपाले आफ्ना गतिविधि शान्तिपूर्ण रुपले गर्ने भएको छ । 

दुई पक्षीय सहमति अनुसार नेकपाले आफ्ना जनवर्गीय संगठनहरूका भेला सम्पन्न गर्न र संगठन गठन पुर्नगठनतिर लागेको छ । 

दुई पक्षको सहमति अनुसार सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ र सो पार्टीका जेल हिरासतमा रहेका नेता तथा कार्यकर्ताहरू रिहाई हुने प्रक्रियामा छन । 

तर प्रहरीले भने नेकपाका नेता तथा कार्यकर्ताहरूका घर–घरमा पक्राउ पुर्जी पठाउने काम रोकेको छैन । सोमबार नेकपाकी नेतृ उमा भुजेल ‘शिशु’को गोर्खा भच्चेक काफलडाँडामा रहेको घरमा प्रहरीले पक्राउ पुर्जी टाँसेको छ । जिल्ला अदालथ मोरङबाट जारी कर्तव्य ज्यान मुद्धाको उक्त पुर्जी गोर्खाको भच्चेक प्रहरी चौकीका सईको नेतृत्वमा गएको प्रहरी टोलीले बिहान ८ बजे पुर्जी टाँसेको भुजेलको पारिवारीक स्रोतले बताएको छ ।