बुटवल : तराई तथा मधेसका जिल्लाहरूमा सोमबार रंगहरूको पर्व फागु (होली) हर्षोलासपूर्वक मनाइँदै छ ।होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाउन लागिएको हो ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ ।
होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । कोरोना संक्रमणको जोखिमका कारण भिडभाड नगरी होली पर्व मनाउन सरकारले आह्वान गरेको छ ।
Tags :
सम्बन्धित खवर
वली कम्युनिस्टको खोलमा प्रतिगमनकारी : ज्ञवाली
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
१ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्