‘नयाँ नक्सा जारी गरेपछि नेकपा फुटाउने षड्यन्त्र भएको हो’ : आचार्य

एमालेले स्पष्ट बहुमत ल्याउने

‘नयाँ नक्सा जारी गरेपछि नेकपा फुटाउने षड्यन्त्र भएको हो’ : आचार्य

अनिल नेपाली । अर्घाखाँची : नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष चेतनारायण आचार्यले आसन्न निर्वाचनमा नेकपा एमालेले स्पष्ट बहुमत ल्याउने बताएका छन् । 

नेकपा एमाले सन्धिखर्क नगर कमिटी द्वारा सन्धिखर्कमा आयोजित वडा नं. ४ का कार्यकर्ता सँगको अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्दै उहाँले राष्ट्रियताको रक्षा, विकास र समृद्धिको निम्ति एमालेको विकल्प नभएको बताए । वर्तमान सरकारले नेपाली भुमि समेटिएको नक्सा जारी गरेपछि नेकपा फुटाउने षड्यन्त्र भएको भन्दै उनले आम कार्यकर्ता र जनताको चाहना अनुसार नेकपा एमाले अझै बलियो र सशक्त पार्टी बनेको दाबी गरे । प्रदेश सभाका सदस्य समेत रहेका आचार्यले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने गरि आफुहरु अहोरात्र खटेको भन्दै स्थानीय तहमा हुने विकास निर्माणको कामको प्रभावकारी रुपमा अनुगमन गर्न कार्यकर्तालाई सचेत पारे । 

नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षेत्री , जिल्ला सचिव तोजबहादुर रायमाझी ,जिल्ला कार्यालय सदस्य द्वय जनार्दन खनाल ,पिताम्वर भुसाल ,सन्धिखर्क नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ,सह–ईन्चार्ज रामबहादुर रायमाझी , नेकपा एमाले जिल्ला सचिवालय सदस्य केवी भुसाल ,मोतिजङ्ग रायमाझी ,जिल्ला सदस्य कृष्णबहादुर अधिकारी , जनार्दन खनाल , प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश कमिटीका संयोजक शोभाखर पन्थी,केन्द्रीय सदस्य गणेश खनाल लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।