जनपत्रकार संगठन गुल्मीको प्रथम भेला

डिबी खड्काको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन

जनपत्रकार संगठन गुल्मीको प्रथम भेला

गुल्मी । जनपत्रकार संगठन नेपाल गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले डिबी खड्काको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समितिल गठन गरेको छ । 

कार्यक्रममा नेकपा गुल्मी/अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीले जनपक्षीय पत्रकारिताको माध्यमबाट वर्तमान दलाल पुंजीवादी राज्यसत्ताको चरित्र विरुद्ध लेख्नु र बोल्नुपर्ने बताए । उनले विगतको राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिक आन्दोलनमा क्रान्तिकारी पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला सहसचिव अनिल नेपालीले समाजमा भैरहेका तमाम विकृति र विसंगतिको अन्त्य गर्नको निमित्त खोज पत्रकारिता गर्नुपर्ने बताए ।