बुटवल । नेपाल कम्युनिस्ट पार्टीको अग्रभागिय संगठन युवा संगठन नेपाल जनकपुर ब्युरोले भित्तेलेखन अभियानलाई निरन्तरता दिएको छ । मंगलबार अभियानको चौंठो दिन ब्युरो अन्तर्गतका जिल्लाका विभिन्न सार्वजनिक स्थलका भित्ताहरूमा नाराहरू लेखेको बताइएको छ ।
सर्लाही–महोत्तरीमा युवा संगठन नेपाल जिल्ला अध्यक्ष प्राणकुमार लामा ‘लिपुलेक’को नेतृत्वमा अभियान संचालन गरिएको बताइएको छ । अभियानमा युवा संगठन नेपाल जनकपुर ब्युरो इन्चार्ज विचारमान थिङ, पार्टी ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल सुस्लिङ, जिल्ला सदस्य तथा जनसत्ता प्रमुख बसिस्ट मिश्रको उपस्थिती रहेको थियो ।
सिन्धुली जिल्लामा युवा संगठन नेपाल जिल्ला अध्यक्ष तेजबहादुर पाख्रीनको नेतृत्वमा अभियान सन्चालन गरिएको ब्यूरो इन्चार्ज विचारमानले बताए । उनले कोभिड–१९ लाई ध्यानमा राख्दै सबै उपस्थित नेता तथा कार्यकताहरूलाई अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न सल्लाह दिएका थिए । साथै विचारमानले जनकपुर ब्यूरो अन्तरर्गतका सबै जिल्लाहरूमा अभियान निरन्तर संचालन गर्ने बताए । उनले सबै जिम्मेवार युवा कमरेडहरुलाई सक्रिय भएर अभियानमा सहभागी हुन अपिल समेत गरेका थिए ।
अभियानलाई सिराहा–सप्तरी संयुक्त जिल्लाबाट २०७८ बैशाख ११ गते युवा संगठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान उपाध्यक्ष कमरेड दिनेशले उद्घाटन गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्