नेकपा रूपन्देहीद्धारा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम

मास्क र सानीटाइजर वितरण गरिएको

नेकपा रूपन्देहीद्धारा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम

बुटवल । नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोभिड–१९ ले देशव्यापी रूपमा आक्रान्त र हैरानी पारिरहेको विषम परिस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरेको छ । 

आइतबार जिल्लास्थित रानीगन्जबाट स्थानीय जनताहरूको सामान्य उपस्थितीमा कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको र सर्वसाधारण जनतालाई मास्क र सानीटाइजर वितरण गरेको नेकपा रूपन्देहीले बताएको छ । 

कार्यक्रममा नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी विश्वास लगायत अन्य १५–२० जना जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उपस्थिती रहेको बताइएको  छ । उक्त जनचेतनामूलक कार्यक्रम जिल्लाका ५ वटा गाउँपालिका, १० वटा नगरपालिका, बुटवल उपमहानगरपालिका लगायत जिल्लाव्यापी रुपमा सञ्चालन गरिने बताइएको  छ । 

जिल्लामा रहेका उत्पीडित जनसमुदाय, सुकुम्बासीलाई विशेष प्राथमिकतामा राखेर उक्त जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइने समेत नेकपा रूपन्देहीले बताएको  छ ।