Deprecated: Array and string offset access syntax with curly braces is deprecated in /home/geocomnp/test.geo.com.np/application/libraries/My_upload.php on line 2727
आरोह नेपालीको मर्मस्पर्शी गजल ! - Janabato
आरोह नेपालीको मर्मस्पर्शी गजल !

-गजल

देश रोयो झण्डा झुक्यो तिम्रो मृत्युमा
कतिको त आँसु सुक्यो तिम्रो मृत्युुमा

आकाश रोयो, धर्ती रोयो सुनेपछि खबर
बग्दा बग्दै नदी सुक्यो तिम्रो मृत्युुमा

दलालले भोज गर्यो, शोक चल्दा चल्दै
वीर योद्धाले विगुल फुक्यो तिम्रो मृत्युमा

शासकहरु रमाउदैथे खुसियाली थियो 
दुःखी जनको मुटु दुख्यो तिम्रो मृत्युमा

सन्नाटाले धर्ती छोप्यो आकाश अध्यारो भो
जुन पनि रुदै लुक्यो तिम्रो मृत्युमा ।

आरोह नेपाली