कमरेड
-रमेश रावत ‘विक्रान्त’
हेल्लो कमरेड
उठ्नुहोस्
किन ? लुत्रनु भएको
यो लुत्रने समय हैन
हामी लुत्रे भयौँ भने
हाम्रो वर्गले सधैँ लुत्रिनु पर्नेछ ।
कमरेड सुन्नु भएन
उठ्नुहोस् ,सबैलाई उठाउनुहोस्
हाम्रो सपना सुतेर हैन
उठेर पूरा हुन्छ
उठेर मात्र हैन
हिँडेर पूरा हुन्छ ।
हिँडेर मात्र हैन
दौँडेर पूरा हुन्छ
दौँडेर मात्र हुदैन
गन्तव्यमा पुग्नुपर्छ ।
हामी सुत्न लाग्यौं भने
हामीलाई सधैँ सुताइरहने छन् ।
कमरेड निस्किनुहोस् !
किन ? अँठिनु भएको
हामी अँठियौ भने
हाम्रा सन्तानलाई
पुस्तौँ पुस्तासम्म
अँठाइरहनेछन् ।
कमरेड हेर्नुहोस् त ?
अकम्पित कालो पहाड
कम्पितशिर हुँदै छ
यो अकस्मात् हैन
हाम्रा पाइलाहरुका
चाल थाहा पाएर हो ।
निराकाङ्क्षा भएर
बस्नु भएका कमरेडहरु पनि
एकपटक जुर्मुराउनुहोस्
पुरानो घरको विकल्पमा
नयाँ घरको निर्माण गर्न
पुरानो घरले हामीलाई
संरक्षण र रक्षा गर्न सक्दैन
सबैले चाहेको
आजसम्म बस्न नपाएको
घरमा बस्ने सबैको
इच्छाशक्तिलाई बढायौँ ।
पुरानो घरलाई
रङ्गरोगन गर्न नलागौँ ।
(लेखक : नेकपा जिल्ला कसमटि सदस्य तथा अखिल (क्रान्तिकारी) जुम्लाका संयोजक हुन् ।)
२२ असार, २०७८
प्रतिक्रिया राख्नुहोस्