अर्घाखाँचीमा थप २५ जना कोरोना सङ्क्रमित

अर्घाखाँची । अर्घाखाँचीमा बिहिबार २५ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन्धिखर्क नगरपालिकामा १४, भूमिकास्थान नगरपालिकामा ७, पाणिनी गाउँपालिकामा २, छत्रदेव गाउँपालिकामा २ जना संक्रमित थपिएका हुन् ।

शीतगंगा नगरपालिका र मालारानी गाउँपालिकामा भने पछिल्लो २४ घण्टामा संक्रमित भेटिएका छैनन् । नयाँ थपिएसँग अर्घाखाँचीमा सक्रिय संक्रमितको संख्या ७६० पुगेको छ । अहिलेसम्म अर्घाखाँचीमा ४३ जनाले ज्यान गुमाईसकेका छन् ।

यसैबीच मालारानी गाउँपालिकाले ५ बेडको आइसोलेनस सञ्चालनमा ल्याएको छ । अक्सिजन,चिकित्सक सहितको सेवा दिने गरि मालारानी ३ को गुफामा बिहिबारदेखि अस्पताल सञ्चालन गरिएको अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।

पालिकाले केहि समय अगाडि स्वास्थ्य साम्रगि सबै वडाहरूमा वितरण गरिसकेको छ । कोराना सक्रमितहरूलाई जिल्ला बाहिर जानु परे निशुल्क रूपमा एम्बुलेस सेवा दिइरहेको प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिए ।