नेकपा पाल्पाले घरमाथिको जाेखिम पहिराे हटायाे


मुक्ति गैरे/नेपाल कम्युनिस्ट पार्टी पाल्पाले रिब्दिकोट  गाउँपालिका वडा नम्बर २ देउरलीमा घरमाथि रहेको जाेखिम पहिरो हटाएको छ ।

पहिरो पिडित राजिब भट्टराईको घरमाथिको जोखिम पहिरो पन्छाएकाे हाे ।  जिल्ला नेता अाकाशकाे नेतृत्वमा  उक्त पहिरो पन्छाउन करिब १ दर्जन स्थानीय नेता कार्यकर्ताहरुकाे साथमा  दिनभरि श्रमदान गरेका छन् । 

बाढी पहिरोले उत्पन्न संकट विरुद्ध पाल्पामा नेकपाले जनसेवा गर्दै आएको छ । यसअघि नेकपा पाल्पाले पहिरो पीडितलाई राहत वितरण गरेको थियो ।